मंगलवार, पौष २४ २०८०
काठमाडौँ । एनएमबि बैङ्कले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैङ्कले विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।
उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित रहेको बैङ्कले जनाएको छ ।
सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए । एनएमबि बैङ्कले हाल देशभरी २०१ शाखाहरू, १७१ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


