२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ‘विन्टर फ्री सर्भिस क्याम्प’मा सुजुकीको विशेष छूट र अफर


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 7.4K
    SHARES

  • images
     ‘विन्टर फ्री सर्भिस क्याम्प’मा सुजुकीको विशेष छूट र अफर


    काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ गर्ने भएको छ । जाडो मौसममा सवारी साधनमा पार्ने असरबारे ग्राहकलाई जानकारी दिन क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीका अनुसार क्याम्पमा सुजुकीका ग्राहकले गाडीको सर्भिसमा आकर्षक छूटका साथै विभिन्न अफर पाउनेछन् । यस्तै, ग्राहकले लक्की ड्रमार्फत वर्षभरिको लागि पार्टस् र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

    सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पनि पाउनेछन् । साथै एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत, पार्टस् र एसोसरिजमा १० प्रतिशत र लेबर चार्जमा २० प्रतिशत छूटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।यो क्याम्प नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend