२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच सम्झौता, ग्राहकले स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 8.2K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच सम्झौता, ग्राहकले स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने

    सोमवार, पौष २३ २०८०
    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई, कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको हो ।

    सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी, तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्ने बैंकले जनाएको छ ।

    स्वास्थ चेक जाँचमा कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend