२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कोरिया रोजगारी, सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 8.6K
    SHARES

  • images
    कोरिया रोजगारी, सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला


    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ ।उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको जनाएको छ ।

    उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलाएको थियो । उक्त सूचनामा अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने उल्लेख थियो ।शाखाको उक्त सूचनाविरुद्ध सिप बिल्डिङ क्षेत्रमा सामेल भएका १८ जना आवेदकले उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए ।

    निवेदनमा उच्च अदालत पाटनले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकलाई फाराम भर्न रोक नलगाउनु र आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।उच्च अदालतमा निवेदन दिनेलाई पुस १३ गते आवेदन फाराम भर्नका लागि ईपीएस कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend