२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैङ्कद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 9.8K
    SHARES

  • images
    ग्लोबल आइएमई बैङ्कद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    सञ्चारडबली
    आइतवार, पौष ८ २०८०
    काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । बैङ्कले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो । यही पुस १७ गते मङ्गलबारदेखि ग्लोबल बैङ्क १७औँ वर्षमा प्रवेश गर्दैछ ।

    उक्त अभियानअन्तर्गत बैङ्कले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू - महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।Swastha Nari Pahal 1.jpg

    यस अन्तर्गत, बैङ्कले पुस ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो । यसैगरी, बैङ्कले अरु ६ वटा प्रदेशहरूमा यहि पौष महिनामा शिविरहरू सञ्चालन गर्नेछ । जस अन्तर्गत बैङ्कले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पा  स्थित छहरा स्वास्थ्य चौकीमा पौष १७ गते मंगलबार, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा  पुस १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा पौष २८ गते शनिबार स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ । 

    स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैङ्कले लिएको छ । ग्लोबल आइएमई बैङ्कले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend