२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ ग्रहण


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 8.5K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ ग्रहण

    आइतबार, पुस १, २०८०
    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शपथग्रहण कार्यक्रममा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीका रूपमा स्थापित आइएमई नै आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गरे । ग्लोबल आइएमई मुलुकको सबैभन्दा ठूलो र सबल एवं सक्षम बैंक बन्न सफल भएको उनले बताए । 

    ग्लोबल आइएमई बैंकलाई अहिलेको अवस्थासम्म पु¥याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पु¥याएको सहयोगको विशेष स्मरण गर्दै उहाँले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताउनुभयो । ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई आजै शपथ गराउनुभएको छ ।  ग्लोबल आइएमई बैंकको १७औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीमध्ये ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीका तर्फबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए ।

    शपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend