काठमाडौँ । दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको 'दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले 'दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो । अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ ।
अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन्।
कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन् । देशभर त्यस्ता क्यान वितरण गरी अभियानलाई उपभोक्तामाझ पु¥याउने तयारी कम्पनीले गरेको छ ।
म्याक्स टाइगरका अनुसार 'दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्य अभियानको रहेको कम्पनीले जनाएको छ ।
देशभर पुग्ने पुरस्कारयुक्त क्यानमार्फत म्याक्स टाइगरले यसपटकको दशैंलाई उपभोक्ताका लागि पुरस्कारको सम्भावनासँग जोडेको छ । अब दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै 'के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि थपिनेछ ।
दशैं नेपालीका लागि किनमेल, भेटघाट र उत्सवको समय हो । यही चाडपर्वको माहोललाई अझ रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ ।


