काठमाडौं । मंगलदीप अगरबत्तीले आफ्नो नयाँ उत्पादन Scent 3 in 1 का लागि परम्परागत विज्ञापन शैलीभन्दा केही फरक देखिने कमर्सियल फिल्म सार्वजनिक गरेको छ। यो फिल्मले आधुनिक शहरी जीवनशैली र भक्तिको भावनालाई एउटा सहज कथामार्फत जोड्ने प्रयास गरेको छ।
सामान्यतया अगरबत्तीका विज्ञापनमा पूजा, मन्दिर, धार्मिक अनुष्ठान तथा आध्यात्मिक दृश्यहरूलाई केन्द्रमा राख्ने गरिएको पाइन्छ। तर Scent 3 in 1 को नयाँ फिल्मले भक्तिलाई त्यही परम्परागत घेराभित्र सीमित नराखी आधुनिक जीवनशैलीको परिवेशमा प्रस्तुत गरेको छ।
Scent 3 in 1 को मुख्य ब्रान्ड वाचा ‘परफ्युमजस्तो सुगन्ध’ हो। यही अवधारणालाई फिल्मले जीवनशैलीसँग जोड्दै सुगन्धलाई केवल पूजाको एउटा हिस्सा नभई मानिसको व्यक्तिगत रोजाइ र अनुभूतिसँग पनि जोडेको छ।
फिल्मको सबैभन्दा रोचक पक्ष भनेको यसले प्रस्तुत गरेको एउटा सरल मानवीय insight हो—मानिसले आफूलाई मनपर्ने स्वाद, रंग, फूल, सुगन्ध वा अन्य मनपर्ने कुरा भगवानलाई पनि अर्पण गर्न चाहन्छ।
यही भावनालाई फिल्मको अन्तिम संवादले निकै सहज रूपमा व्यक्त गर्छ।
“हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ ।”
सामान्य लाग्ने यो संवादभित्र भक्तको व्यवहार र विश्वासलाई बुझ्ने एउटा सूक्ष्म दृष्टिकोण देखिन्छ। भगवानप्रतिको आस्था केवल परम्परा वा कर्मकाण्डमा मात्र नभई आफूलाई मनपर्ने कुरासँग पनि जोडिएको हुन्छ भन्ने भावलाई संवादले सरल र आधुनिक शैलीमा प्रस्तुत गरेको छ।
यसरी हेर्दा Scent 3 in 1 को नयाँ फिल्मले अगरबत्तीको विज्ञापनलाई केवल धार्मिक imagery मा आधारित नराखी fragrance, lifestyle र devotion को नयाँ combination खोजेको देखिन्छ।
नेपाल तथा भारतमा लामो समयदेखि देखिँदै आएका अगरबत्तीका विज्ञापनहरूको परम्परागत storytelling भन्दा अलग, यस फिल्मले शहरी जीवनशैलीको भाषा प्रयोग गर्दै भक्तिलाई अझ सहज, contemporary र relatable बनाउने प्रयास गरेको छ।
परम्परा र आधुनिकतालाई एउटै कथामा स्वाभाविक रूपमा जोड्ने यो प्रयासले अगरबत्ती category को communication ले पनि नयाँ narrative territory खोज्न सक्ने सम्भावना देखाएको छ।
Scent 3 in 1 को यो फिल्म त्यसैले केवल नयाँ अगरबत्तीको विज्ञापनभन्दा बढी, सुगन्ध र भक्तिलाई हेर्ने एउटा नयाँ दृष्टिकोणका रूपमा पनि लिन सकिन्छ।


