काठमाडौँ / माछापुच्छ्रे बैंकले ग्राहकलाई थप स्मार्ट, सहज तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’ सार्वजनिक गरेको छ।
बैंकको आधिकारिक वेबसाइट www.machbank.com मा उपलब्ध ‘MAYA’ आइकनमार्फत ग्राहकले आफ्ना जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन्। बैंकिङ सेवासम्बन्धी नियमित जानकारी लिन शाखा पुग्नुपर्ने वा बैंक कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको MAYA अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो। यसमार्फत ग्राहकले आवश्यक बैंकिङ जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।
MAYA को सुरुवातसँगै प्रविधिको प्रभावकारी प्रयोगमार्फत ग्राहकको बैंकिङ अनुभवलाई थप सहज र दक्ष बनाउने बैंकको लक्ष्य छ। साथै, ग्राहकका जिज्ञासालाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न च्याटबोटको क्षमता तथा कार्यसम्पादनमा निरन्तर सुधार गर्दै लगिने बैंकले जनाएको छ।
ग्राहकबाट प्राप्त सुझाव तथा प्रयोगबाट सिक्दै भविष्यमा MAYA को शुद्धता र उपयोगितालाई थप अभिवृद्धि गरिने बैंकले जनाएको छ।


