२०८३, असोज १७ गते

images
Logo

Oct 03 2026 | २०८३, असोज १७ गते

images
  • शनिबार, असोज १७ २०८३
images

आपूर्ति र ढुवानीमा अवरोधको असर, विश्व बजारमा खाद्यान्नको मूल्य बढ्यो


सञ्चार डबली
  • शनिबार, असोज १७ २०८३
  • 1.4K
    SHARES

  • images
    आपूर्ति र ढुवानीमा अवरोधको असर, विश्व बजारमा खाद्यान्नको मूल्य बढ्यो

    विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ । आपूर्ति घट्नुका साथै ढुवानी तालिकाबारे अनिश्चितता बढेपछि विश्व बजारमा खाद्यान्नको मूल्यमा वृद्धि भएको संयुक्त राष्ट्रसंघ (यूएन) ले जनाएको छ ।

    यूएनका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक सेप्टेम्बरमा औसत १३६ अंक पुगेको छ । यो अगस्टको तुलनामा १.५ प्रतिशत र गत वर्षको सोही महिनाको तुलनामा ५.८ प्रतिशत बढी हो ।

    सेप्टेम्बरमा चिनीको मूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ । चिनीको मूल्य ६.१ प्रतिशतले बढेर सन् २०२५ अप्रिलयताकै उच्च स्तरमा पुगेको दुजारिकले बताएका छन् । विश्व बजारमा चिनीको आपूर्ति थप कसिलो हुने अपेक्षाले मूल्य बढेको हो ।

    त्यस्तै, अन्न तथा वनस्पति तेलको मूल्यमा पनि वृद्धि भएको छ । अन्नको मूल्य एक महिनामै ५.१ प्रतिशतले बढेको छ । विशेषगरी गहुँको मूल्य सन् २०२३ अगस्टयताकै उच्च स्तरमा पुगेको छ । कालासागर क्षेत्रमा देखिएको ढुवानी तथा तार्किक अवरोधका कारण गहुँको आपूर्तिमा असर परेको एफएओले जनाएको छ ।

    मकैको मूल्य पनि तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ । आपूर्ति घट्दै जानुका साथै होर्मुज जलमार्गबाट हुने ढुवानीबारे कायम अनिश्चितताले मकैको मूल्य बढाउन थप दबाब दिएको दुजारिकले बताए ।

    विश्व बजारमा आपूर्ति शृंखलामा देखिएको अवरोधको प्रत्यक्ष असर व्यवसाय तथा उपभोक्तामा पर्ने देखिएको छ । खाद्य वस्तुको मूल्य बढ्दा घरपरिवारको दैनिक खर्चमा दबाब पर्नुका साथै समग्र मुद्रास्फीतिमा समेत थप चाप पर्नेछ । विशेषगरी खाद्य वस्तु आयातमा निर्भर मुलुकमा खाद्य असुरक्षाको जोखिम बढ्न सक्ने यूएनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend