२०८३, असोज १७ गते

images
Logo

Oct 03 2026 | २०८३, असोज १७ गते

images
  • शनिबार, असोज १७ २०८३
images

नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते


सञ्चार डबली
  • शनिबार, असोज १७ २०८३
  • 561
    SHARES

  • images
    नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते


    काठमाडौं । नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । 

    दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्रीको मात्रै सनाखत भएको छ ।  अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

    नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ । 

    बसमा चालकसहित १८ जना सवार थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend