२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 605
    SHARES

  • images
    नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ११.९० अंकले घटेको हो । आज कारोबारमा आएकामध्ये ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ ।

    शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा एनएमबि डिबेन्चर १०.७५ प्रतिशतका लगानीकर्ताहरु रहेका छन् । यस ऋणपत्रको मूल्य १४.२९ प्रतिशतले बढेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend