२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 770
    SHARES

  • images
    प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्वजनिक

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत २५ जनाको नाम, पद र सुविधासहितको विवरण सार्वजनिक भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सल्लाहकार, स्वकीय सचिवालय र विज्ञका रूपमा कार्यरत व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो ।

    सचिवालयमा ५ जना सल्लाहकार छन् । मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम साह मन्त्री सरह रहेका छन् । ब्यञ्जनकारले भने अवैतानिक रूपमा काम गरिरहेका छन् । राज्यमन्त्रीसरहका सल्लाहकारमा सुदिप ढकाल र विवेक मिश्र तथा विज्ञ सल्लाहकारमा अवैतानिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवाल छन् । सचिवसरहको सुविधामा प्रमुख स्वकीय सचिव सुवाष शर्मा छन् ।

    त्यस्तै सहसचिवसरहको सुविधामा स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव सञ्जिव पाण्डे र दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी तथा सामाजिक विकास विज्ञ विश्व राई छन् । उपसचिवसरहमा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य छन् ।

    शाखा अधिकृतसरह सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी कार्यरत छन् । नासुसरहको सुविधामा प्रशासन सहायक अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की तथा कम्प्युटर सहायक अमृत पाण्डे छन् । प्रधानमन्त्रीको सचिवालयमा ४८ जनाको दरबन्दी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend