२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि-कोप बैठकमा सहभागी हुँदै, अस्ट्रेलिया पनि जाने


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 825
    SHARES

  • images
    परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि-कोप बैठकमा सहभागी हुँदै, अस्ट्रेलिया पनि जाने

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा फिजी प्रस्थान गर्ने भएका छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अक्टोबर ५ र ६ मा फिजी र टुभालुमा आयोजना हुने प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुनेछन्।

    मन्त्री खनालले अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यसअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग हुने सञ्चारमाध्यमसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ।

    प्रि–कोप कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जानेछन्। उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी समकक्षी पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावास र सिड्नीस्थित नेपाली समुदायले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। परराष्ट्रमन्त्री खनाल अक्टोबर १२ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend