२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं प्रशासनबीच छलफल


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 154
    SHARES

  • images
    सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं प्रशासनबीच छलफल

    काठमाडौँ / सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्याबारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ।

    नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ताका क्रममा देखिएका समस्याबारे छलफल गरेको हो।

    छलफलमा महासचिव मल्लले चाडपर्व नजिकिँदै गएको र यातायात व्यवस्था कार्यालयहरूमा सवारी साधन दर्तासम्बन्धी कामको चाप बढिरहेको अवस्थामा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको बताए।

    कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीका तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारी साधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्दै आए पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका कारण काम सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेको उनले बताए। 

    सो समस्या समाधानका लागि तत्काल सहयोग र समन्वय गर्न मल्लले प्रमुख जिल्ला अधिकारी पौडेलसँग अनुरोध गरे।

    छलफलका क्रममा नाडाका सचिव तथा टू–ह्वीलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिहरूले भेट गरी समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए।

    छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सवारी दर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूसँग छलफल तथा समन्वय गर्ने बताए।

    भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टू–ह्वीलर समितिका सदस्यद्वय योगेन गुरुङ र दीपक रौनियारको समेत उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend