२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

बाढी-पहिरोका कारण यी मुख्य राजमार्ग अवरुद्ध


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 748
    SHARES

  • images
    बाढी-पहिरोका कारण यी मुख्य राजमार्ग अवरुद्ध

    काठमाडौं । बाढी, पहिरो तथा अन्य विपद्का कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार उपत्यकासहित बागमती, गण्डकी र कर्णाली प्रदेशका सडकहरू प्रभावित भएका हुन् ।

    विवरणअनुसार ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो गएपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्ड असोज १५ गते दिउँसो ३: ३० बजेदेखि अवरुद्ध रहेको जनाइएको छ ।

    रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । असोज १० गते बिहान १०: ३० बजेदेखि अवरुद्ध सडक तत्काल खुल्न नसकेको र अर्को सूचना नभएसम्मका लागि अवरुद्ध रहेको विवरणमा उल्लेख छ । गण्डकी प्रदेशमा मनाङको बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक असोज ८ गते साँझ ४ बजेबाट अवरुद्ध भएको हो ।

    त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरो गएपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक असोज १० गते बिहान ५: ४० बजेदेखि बन्द रहेको छ ।

    नवलपरासी पूर्वमा कालीगण्डकी करिडोर पनि पहिरोका कारण प्रभावित भएको छ । बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते बिहान ११: ३० बजे पहिरो गएपछि सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । त्यस्तै, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते साँझ ४: ४५ बजे पहिरो गएपछि उक्त सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । ठूलो गाडी भने जान नसक्ने अवस्था रहेको जनाइएको छ ।

    कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । खार्पुनाथ गाउँपालिका–१ मसिडी र सर्केगाड गाउँपालिका–६ स्यालटडी क्षेत्रमा सडक अवरुद्ध भएको विवरणमा उल्लेख छ। उक्त सडक असोज ११ गते बिहान ७: ४० बजेदेखि बन्द छ । त्यस्तै, नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडेढुंगा क्षेत्रमा पहिरो गएपछि सिमकोट–हिल्सा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । यो सडक असोज १२ गते बिहान ९ बजेदेखि बन्द रहेको छ ।

    सडक विभागको विवरणअनुसार यी सडकखण्डमा तत्काल आवागमन सहज हुन नसकेकाले यात्रु तथा सवारी चालकलाई सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने अवस्था देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend