२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 1.6K
    SHARES

  • images
    यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भाना रहेको हो । 

    नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । 

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

    देशका तराई भूभागमा आंशिक बादल रही हुस्सु लाग्नेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend