२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज यी स्थानमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना


सञ्चार डबली
  • शनिबार, असोज १० २०८३
  • 2.3K
    SHARES

  • images
    आज यी स्थानमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।

    साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यो प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीको रुपमा रहने सम्भावना रहेको छ।

    चौबीस घन्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ भने कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

    पछिल्लो १२ घन्टामा गुल्मी जिल्लाको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा, तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा, साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशको  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ|

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

    शनिबार राति बागमती, गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोशी र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ। 

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा, तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै तथा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा, बागमती प्रदेशको तराई भू-भागका धेरै स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ |

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend