२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

डोल्पाको जुफाल एअरपोर्टमा सीता एयरको जहाज दुर्घटना


सञ्चार डबली
  • बिहीबार , असोज ८ २०८३
  • 649
    SHARES

  • images
    डोल्पाको जुफाल एअरपोर्टमा सीता एयरको जहाज दुर्घटना

    सुर्खेत : डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ। जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन्।

    नेपालगन्जबाट जुफालका लागि उडेको जहाज बिहीबार बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमै पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल राज गिरीका अनुसार जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको उनले जानकारी दिए।

    जुफाल विमानस्थल प्रमुख मुकुन्द पौडेलका अनुसार अवतरणका क्रममा जहाजको पछाडिको पाङ्ग्रा खुस्किएको हो। जहाज अहिले पनि धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले बताए।

    प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजमा सामान्य समस्या देखिएको र सबै यात्रु सुरक्षित रहेको जानकारी दिइन्।

    जहाजको प्राविधिक परीक्षण तथा आवश्यक मर्मतका लागि हेलिकोप्टरमार्फत इन्जिनियर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख पौडेलले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend