२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 1.0K
    SHARES

  • images
    जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

    काठमाडौं । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको ‘जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ ।

    मापदण्डअनुसार आधारभूत तहमा निःशुल्क शिक्षासँगै पोसाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्म स्थानीय तहमार्फत नगदसहितको सुविधा उपलब्ध गराइनेछ । माध्यमिक तहमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ का विद्यार्थीलाई पनि पोसाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि नगदसहितको सुविधा दिइने व्यवस्था गरिएको छ ।

    स्नातक तहमा सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षित गर्नुपर्नेछ । उक्त कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । संस्थागत विद्यालयले कानुनअनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा पनि लाभग्राहीलाई समावेश गर्नुपर्नेछ ।

    सुविधा लिन आधारभूत र माध्यमिक तहका विद्यार्थीले विद्यालयमार्फत स्थानीय तहमा तथा स्नातक तहका विद्यार्थीले सम्बन्धित क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ । आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित गर्ने कागजात र अध्ययनरत संस्थाको सिफारिस पेस गर्नुपर्नेछ ।

    मन्त्रालयले तयार गरेको मापदण्डको उद्देश्य जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्दै आधारभूत तहदेखि स्नातक तहसम्म अध्ययनको अवसर उपलब्ध गराउनु रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend