२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता


सञ्चार डबली
  • बुधबार, भदौ ३१ २०८३
  • 1.3K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र Good Karma Group of Companies Pvt. Ltd. (Karma Residencies) बीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष श्री कर्मा तेन्जिङले हस्ताक्षर गर्नुभएको छ।

    सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार Base Rate + ०.२५ प्रतिशत प्रिमियममै आवस कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ ।

    यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ। कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुनेछ। साथै, मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा SME लगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend