२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुन र चाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • बुधबार, भदौ २४ २०८३
  • 2.2K
    SHARES

  • images
    सुन र चाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

    काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको भाउ  तोलामा तीन हजार रूपैयाँले  घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

    मंगलबार प्रतितोला चार हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend