२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रास्वपा सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 1.0K
    SHARES

  • images
    रास्वपा सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन संवाद भएको छ।

    टेलिफोन कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।

    जवाफमा सभापति लामिछानेले नेपाल सरकारले हाल जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका छन् । नेपाली नागरिकका साथै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षाप्रति सरकार समान रूपमा प्रतिबद्ध रहेको आश्वस्त उनले पारेका थिए।

    यस कठिन घडीमा अमेरिकी सरकारले दर्शाएको सहयोग र सहानुभूतिप्रति सभापति लामिछानेले आभार व्यक्त गरेका थिए। सो क्रममा विदेशमन्त्री रुबियोले अमेरिकी सरकार नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend