२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बाढीको ११ दिनपछि अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार


सञ्चार डबली
  • शनिबार, भदौ २० २०८३
  • 2.5K
    SHARES

  • images
    बाढीको ११ दिनपछि अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

    रसुवामा बाढी आएको ११ दिनपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।

    नेपाली सेनाले भर्खरै उनको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट उद्धार गरिएको जानकारी दिएको हो। उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक रहेको सेनाले जनाएको छ।

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि अपर त्रिशूली–१ आयोजनाको सुरुङमा समेत विदेशी कामदारहरू फसेका थिए।

    यसअघि हिजो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको थियो।

    २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ। बाढीपछि आयोजनाको सुरुङ क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend