२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो दुई शव


सञ्चार डबली
  • बिहीबार , भदौ १८ २०८३
  • 1.2K
    SHARES

  • images
    सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो दुई शव

    रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ।

    घटना भएको तथा उद्धारको प्रतीक्षा सुरु भएको आठौँ दिनमा सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजीका क्रममा दुई शव फेला परेको हो।

    सोमबार सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटो हुँदै भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। करिब १५० मिटर दूरीमध्ये १०० मिटरभित्र पुगेपछि उद्धार कार्यलाई त्यसै मार्गबाट अगाडि बढाउन नसकिने निष्कर्षमा टोली पुगेको थियो।

    त्यसपछि आयोजनाको कम्पनीले आफ्नै टोली परिचालन गरी खोज तथा उद्धारमा लाग्ने जनाएको थियो। मंगलबार सुरुङ क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको खोजी र व्यवस्थापन गरिएको थियो।

    बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित सातदेखि आठ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरेको थियो। टोलीले करिब १५० मिटर माथिसम्म पुगेर सुरुङभित्र प्रवेश गर्ने वैकल्पिक बाटो तयार पारेको थियो।

    त्यही बाटो प्रयोग गर्दै बिहीबार बिहानै सरकारी उद्धार टोलीका सदस्य सुरुङभित्र प्रवेश गरेका थिए। खोजीका क्रममा फसेका हुन सक्ने व्यक्तिमध्ये दुई जनालाई मृत अवस्थामा फेला पारिएको हो।

    सुरुङभित्र अन्य व्यक्ति पनि फसेको आशंका गरिएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend