२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

देउवा समूहले बेग्लै महाधिवेशनको तयारी थालेपछि कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक


सञ्चार डबली
  • बुधबार, भदौ १७ २०८३
  • 2.1K
    SHARES

  • images
    देउवा समूहले बेग्लै महाधिवेशनको तयारी थालेपछि कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले बेग्लै महाधिवेशनको तयारी थालेपछि कांग्रेसले पार्टी बैठक बोलाएको हो।

    का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक २० गते बस्नेछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बताए।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ। बैठकको लागि रसुवा भोटेकोशी बाढी विपत् र पार्टीको १५ औँ महाधिवेशनबारे छलफल हुने जनाइएको छ।

    कांग्रेसले असोज महाधिवेशन गर्ने गरी भदौ २४ गतेबाट वडा अधिवेशन थाल्दै छ। तर इतर पक्ष देउवाकै नेतृत्वमा महाधिवेशन गर्नको लागि सम्पर्क कार्यालय चुनदेवीमा बैठक बसिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend