२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ब्रोकर कम्पनी बेनी सेक्युरिटिज कारबाहीमा, ३ दिनका लागि निलम्बन


सञ्चार डबली
  • बुधबार, भदौ ३ २०८३
  • 1.3K
    SHARES

  • images
    ब्रोकर कम्पनी बेनी सेक्युरिटिज कारबाहीमा, ३ दिनका लागि निलम्बन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ब्रोकर कम्पनी बेनी सेक्युरिटिज प्रालिलाई कारबाही गरेको छ । लिमिटेडले बेनी सेक्युरिटिजलाई ३ दिनसम्म कारोबार नै गर्न नसक्ने गरी निलम्बन गरेको जनाएको छ ।

    गत असार ३ गते तोकिएको समयभित्र हिसाव राफसाफ तथा फछ्यौट गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडले पत्र काटेको थियो । तर सो समयभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै ३ दिन काम समेत रोक्का गरी निलम्बन गरिएको जनाइएको छ ।

    तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकाले यस लिमिटेडको धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७५ को विनियम २२(१)छ बमोजिम ३ कार्य दिनका लागि निलम्बन गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend