२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


सञ्चार डबली
  • मंगलबार, भदौ २ २०८३
  • 1.2K
    SHARES

  • images
    नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १९.३४ अंकले घटेर २ हजार ६ सय २२.४८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका मध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय १७ कम्पनीको घटेको छ ।

    आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा सगरमाथा जलविद्युत्का लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर भाउ १०.६३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend