२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हायरपर्चेज कम्पनीको ४० अर्ब कर्जामध्ये ८० प्रतिशत सवारीसाधनमा


सञ्चार डबली
  • शनिबार, साउन ३० २०८३
  • 638
    SHARES

  • images
    हायरपर्चेज कम्पनीको ४० अर्ब कर्जामध्ये ८० प्रतिशत सवारीसाधनमा

    काठमाडौं । हायरपर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय हायरपर्चेज कम्पनीबाट प्रवाह हुने कर्जामध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा जाने गरेको हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बताएका छन्।

    नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै ठाकुरले हायरपर्चेज कम्पनीको मुख्य लक्षित वर्ग बैंकसम्म सहज रूपमा पुग्न नसक्ने ग्राहक रहेको बताए।

    उनका अनुसार नेपाल राष्ट्र बैंकले हायरपर्चेज कम्पनीले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र तोकेको छ। सोहीअनुसार कम्पनीहरूले सवारीसाधनसँगै मोबाइल तथा अन्य घरायसी सामग्री खरिदका लागि पनि कर्जा उपलब्ध गराउँदै आएका छन्।

    “हाम्रो लक्षित वर्ग भनेको बैंकसम्म पुग्न नसक्ने ग्राहक हुन्। सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो,” ठाकुरले भने।

    हायरपर्चेज कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर ग्राहकलाई पुनः कर्जा प्रवाह गर्ने गरेका छन्। अहिलेसम्म यी कम्पनीहरूले करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको उनले जानकारी दिए। पछिल्लो समय प्रवाह भएको कर्जामध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल खरिदमा गएको ठाकुरले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend