२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा ७.३७ अंकको गिरावट, कारोबार रकम भने बढ्यो


सञ्चार डबली
  • शुक्रबार, साउन २९ २०८३
  • 1.4K
    SHARES

  • images
    नेप्से परिसूचकमा ७.३७ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक ७.३७ अंकले घटेर २ हजार ६ सय ४३.८३ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ ।

    शुक्रबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्य १२.८३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend