२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा ८.८१ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ७२ करोड


सञ्चार डबली
  • बिहीबार , साउन २८ २०८३
  • 1.6K
    SHARES

  • images
    नेप्से परिसूचकमा ८.८१ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ७२ करोड

    काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६ सय ५१.२१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम पेन्ट्सको आइपीओ आज बिहीबार नै नेप्सेमा सूचीकृत भएको हो । यता, आज सबैभन्दा धेरै गुमाउनेमा इमर्जिङ्ग नेपालका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य ५.११ प्रतिशतले घटेको छ ।

    बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । बुधबार ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend