२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर, ब्याजदर कति ?


सञ्चार डबली
  • बुधबार, साउन २७ २०८३
  • 1.5K
    SHARES

  • images
    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर, ब्याजदर कति ?

    काठमाडौँ / नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा सिद्धार्थ बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भइरहेको एक्स्पोमा बैंकिङ पार्टनरका रूपमा सहभागी बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ फी) मा कर्जा उपलब्ध गराउने जनाएको छ। 

    बैंकका अनुसार कर्जाको ब्याजदर आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियम रहनेछ।

    बैंकको यो विशेष योजना साउन २६ देखि ३१ गतेसम्म (११–१६ अगस्ट २०२६) सञ्चालन भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुनेछ।

    सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। 

    बैंकले यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आवश्यकता अनुरूपको सवारीसाधन खरिदमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend