२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा परिसूचकमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ५३ करोड


सञ्चार डबली
  • बुधबार, साउन २७ २०८३
  • 1.9K
    SHARES

  • images
    नेप्सेमा परिसूचकमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ५३ करोड

    काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ।

    आज नेप्से परिसूचक ०.५५ अंक अर्थात् ०.०२ प्रतिशतले बढेर २६४२.४० बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ०.७९ अंक अर्थात् ०.०३ प्रतिशतले बढेर २६४१.८५ बिन्दुमा पुगेको थियो।आज नेप्सेमा १ सय २ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ।

    आज ३ सय ४८ कम्पनीको ८७ लाख १ हजार ९ सय ४४ कित्ता सेयर ४३ हजार ९ पटक किनबेच भएको छ। आज ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५ सय रूपैयाँको कारोबार भएको छ।

    माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा पनि सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। ८ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सबैभन्दा धेरै २.२१ प्रतिशत बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend