२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पाउँदी, नाउँदी र किरेञ्जे खोलामा छाडियो १८ सय माछाका भुरा


सञ्चार डबली
  • शनिबार, असार २३ २०८०
  • 11.0K
    SHARES

  • images
    पाउँदी, नाउँदी र किरेञ्जे खोलामा छाडियो १८ सय माछाका भुरा

     


    काठमाडौं, २३ असार । लमजुङको सुन्दरबजार नगरपालिकाले नगरपालिकाले पाउँदी, नाउँदी र किरिञ्चे खोलामा विभिन्न जातका १ हजार ८ सय ४० वटा माछाका भुरा छोडेको छ । सुन्दरबजार नगरपालिका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले माछाको भुरा छाडेका हुन ।

    अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि यो कार्यक्रम गरिएको नगरप्रमुख कोइरालाले वताए । उनले खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन् । खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसँग परामर्श गरेर अगाडि बढ्ने उनको भनाई छ ।

    चालु आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम अन्तर्गत खोेलामा स्थानीय रहु, नैनी, र चर जातका माछाका भुरा छाडिएको सुन्दरबजार नगरपालिका पशु सेवा शाखा प्रमुख लोकराज कोइरालाले वताए । स्थानीय पाउँदी खोलाको वडा नं। १० काँडेपानी, वडा नं। ३ लामिखेत, वडा नं. ४ र ५ सीमा क्षेत्रमा रहेको किरिञ्चे दोभान तथा वडा नं. ६ खत्रीठाँटी र नाउँदी खोलाको टुहुरे पसल नजिक माछाका भुरा छाडिएको हो ।

    मत्स्य बिकास केन्द्र बेगनास कास्कीबाट ल्याइएका तिनै जातका माछाहरू खोलाहरूमा निकै प्रभावकारी तरिकाले उत्पादन हुने र छिटो बढ्ने पशु सेवा शाखाका प्रमुख कोइरालाको भनाई छ । खोलामा भुरा छाड्ने कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यहरू, पालिकाका कर्मचारीहरू, स्थानीयहरू लगायतको उपस्थिति थियो ।पशु सेवा शाखाले चालु वर्ष नै मत्यविकास कार्यक्रम अन्तर्गत माछापालक किसानहरुलाई ५० हजार माछाका भूरा वितरण गरेको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend