२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ


सञ्चार डबली
  • मंगलबार, असार १९ २०८०
  • 10.2K
    SHARES

  • images
    जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

     

    काठमाडौं, १९ असार । बलात्कार‍ आरोपमा तीनजना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

    ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने ४२ वर्षीय बीर बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend