२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

७ अंकले घटेर बन्द भयो सेयर बजार,कति भयो कारोबार ?


सञ्चार डबली
  • बिहीबार , फागुन १ २०८१
  • 5.6K
    SHARES

  • images
    ७ अंकले घटेर बन्द भयो सेयर बजार,कति भयो कारोबार ?


    काठमाडौं ।   हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.२६ अङ्कले घटेर २ हजार ६ सय ७८.४७ विन्दुमा झरेको छ । आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक र जलविद्युत् समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ ।

    आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७१ करोडको शेयर कारोबार भएकोमा आज ३ सय २ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend