२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजारमा झिनो वृद्धि,  कारोबार कति ?


सञ्चार डबली
  • बुधबार, माघ ३० २०८१
  • 5.9K
    SHARES

  • images
    सेयर बजारमा झिनो वृद्धि,  कारोबार कति ?

    काठमाण्डौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । आज नेप्से १.८६ अंकले बढेको छ । नेप्से ०.०६ प्रतिशतले बढेर २६८५.७३ विन्दुमा पुगेको हो।  नेप्से झिनो अंकले बढ्दा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर कारोबार भएको छ । 

    १३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै  ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ८५० पटक शेयर किनबेच भएको छ । 

    १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ०.९१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी फाइनास समूह १.५६ प्रतिशते बढेको छ भने निर्जीवन बीमा ०.४८ प्रतिशतले बढको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend