२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तरलता तान्दै राष्ट्र बैंक


सञ्चार डबली
  • बुधबार, माघ ३० २०८१
  • 4.6K
    SHARES

  • images
    बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तरलता तान्दै राष्ट्र बैंक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकहरूबाट ६० अर्ब रूपैयाँ खिच्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ।

    यसअघि माघ २७ गते राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ खिच्न खोज्दा बैंकहरूले भने ४३ अर्ब ५० करोड रूपैयाँ राख्न खोजेका थिए। बैंकहरूले ३० अर्ब रूपैयाँ औसत २.९९९५ प्रतिशत ब्याजदरमा राखेका छन्।

    बुधबार खिच्न लागेको ६० अर्ब बराबर नै सबै रकम बैंकहरूले राख्न ल्याएमा साँझसम्म राष्ट्र बैंकमा बैंकहरूको करिब दुई खर्ब २० अर्ब रूपैयाँ बाँकी रहने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend