२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकद्वारा मान्मस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि न्यानो लुगा हस्तान्तरण


सञ्चार डबली
  • मंगलबार, माघ २९ २०८१
  • 5.2K
    SHARES

  • images
    सानिमा बैंकद्वारा मान्मस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि न्यानो लुगा हस्तान्तरण

    मंगलवार, माघ २९ २०८१
    काठमाडौँ । सानिमा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विद्यार्थीहरूका लागि न्यानो लुगा वितरण गरेको छ । शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरूमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बैंकले विद्यार्थीहरूका लागि न्यानो लुगा वितरण गरेको हो ।

    सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।

    कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको हो ।

    बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरू गर्ने योजना जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend