२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 साढे ११ लाख बढी कित्ता सेयर बेच्दै एनआईसी एशिया बैंक


सञ्चार डबली
  • मंगलबार, माघ २९ २०८१
  • 5.8K
    SHARES

  • images
     साढे ११ लाख बढी कित्ता सेयर बेच्दै एनआईसी एशिया बैंक

    काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको साढे ११ लाख बढी कित्ता सेयर आज माघ २९ गतेबाट बिक्रीमा राखेको छ।

    बैंकले सबैले किन्न पाउने गरी सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र नेपाल इन्फ्रान्सट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता सेयर बिक्रीमा राखेको हो।

    बैंकले बिक्रीमा राखिएको सेयरहरूको न्यूनतम मूल्य प्रतिकित्ता क्रमशः ६९० रुपैयाँ, २७३ रुपैयाँ, १६५ रुपैयाँ र १०५ रुपैयाँ तोकेको छ।

    सीआईटीको सेयर किन्दा घटीमा १० हजार कित्ता र अन्य सबै कम्पनीको सेयर किन्दा घटीमा ५ हजार कित्ता किन्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ता किन्न सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend