२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 यती एयरलाइन्सद्धारा ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक 


सञ्चार डबली
  • सोमबार, माघ २८ २०८१
  • 5.2K
    SHARES

  • images
     यती एयरलाइन्सद्धारा ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक 


    काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ।

    यस विशेष अवसरमा, यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई १,४०० सम्म छुट दिने घोषणा गरेको छ। ग्राहकहरूले यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’ मा रहेको ‘यतीमाया’ प्रोमोकोड प्रयोग गरेर यो अफर प्राप्त गर्न सक्नेछन्।

    फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् ।

    यती एयरलाइन्सको यो अफरले ग्राहकलाई रोमांटिक अवसरमा हवाई यात्रा र होटल आवासको विशेष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend