२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 दोहोरो अंकले घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • सोमबार, असार ३१ २०८१
  • 7.2K
    SHARES

  • images
     दोहोरो अंकले घट्यो नेप्से परिसूचक


    काठमाडौं । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो ।नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ ।

    आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ।

    त्यसैगरी सिभिल बैंक डिभेन्चर र मन्दु हाइड्रोको सेयर मुल्यमा सकारात्कम सर्किट लागेको छ भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ९.९७ प्रतिशत र एनआईबिएल ग्रोथ फन्डको ९.९८ प्रतिशतले बढेको छ ।

    त्यसैगरी आज जानकी फाइनान्सको सेयर मुल्य सबै भन्दा बढी नकारात्मक सर्किट लागेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशीको ३७ करोड ८ लाख ७२ हजार ५८९ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend