२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • मंगलबार, असार २५ २०८१
  • 9.2K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ८२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

    बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा ल्याइएको उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र त्यससम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्नेछन् ।

     तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने कुनै लिखित जानकारी नआएमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend