२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट


सञ्चार डबली
  • मंगलबार, असार २५ २०८१
  • 6.7K
    SHARES

  • images
    उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

     

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । 

    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने भएको छ । 

    संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारण सभाले पारित गर्नुपर्ने व्यवस्था छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend