२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो ब्रोकाउली


सञ्चार डबली
  • मंगलबार, असार २५ २०८१
  • 7.1K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो ब्रोकाउली


    काठमाडौं । आज काठमाडौँको तरकारी बजारमा ब्रोकाउली आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार सोमबार प्रतिकेजी ११० रुपैयाँ रहेको ब्रोकाउली आज ३६६ रुपैयाँ ६७ पैसाले बढेर केजीमै ४७६ रुपैयाँ ६७ पैसा पुगेको हो । यता, पाकेको फर्सी पनि बढेर प्रतिकेजी ३७ रुपैयाँ ६७ पैसा पुगेको छ भने हरियो डल्लो फर्सी पनि ४५ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ । 

    यता, भिण्डी प्रतिकेजी ७२ रुपैयाँ र लोकल गाजर ६४ रुपैयाँ रहेकोमा आज बढेर ८५ रुपैयाँ पुगेको छ । तने बोडी, मकै बोडीदेखि घिउ सिमीसम्मको मूल्य बृद्धि भएको छ । यसअघि प्रतिकेजी ५६ रुपैयाँ रहेको तने बोडीलाई आज ९५ रुपैयाँ र ८५ रुपैयाँ रहेको मकै बोडीलाई ९५ रुपैयाँ पर्नेछ । 

    लोकल सिमी बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ भने हाइब्रीड सिमी १२० रुपैयाँ पुगेको छ । फलफूलहरुमध्ये आज अनार प्रतिकेजी ६।१० प्रतिशतले बढेर ३७६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने आँपको भाउ घटेको छ । यसअघि प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा रहेको मालदह र दसहरी आँपलाई आज ६५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend