२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच सम्झौता


सञ्चार डबली
  • सोमबार, असार २४ २०८१
  • 10.8K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच सम्झौता

    सोमवार, असार २४ २०८१
    काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच सम्झौता भएको छ ।

    बालुवाटार ४, काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाडौँ बिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का / रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा आज असार २४ गतेका दिन हस्ताक्षर भएको हो ।

    सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र आदान प्रदान गरेका थिए ।

    नेपाल सरकारले आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गतनै अनलाईन मार्फत रोक्का / रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको भनाई बिभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले राखेका थिए ।

    यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का / रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र बर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको भनी आफ्नो भनाई राखेका थिए ।

    सो कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन बिभाग, मार्केटिङ्घ बिभागको समेत उपस्थिती रहेको थियो भने बिभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुबेदी, मालपोत तथा भुमिसुधार शाखा (जग्गा प्रशासन)का निर्देशक तथा बिभागका प्रवक्ता रोशन शङ्कर घिमिरे, योजना तथा अभिलेख शाखाका निर्देशक बेद प्रसाद अर्याल, भु - सुचना प्रविधीका कम्प्युटर अधिकृत हरिशरण थापा लगायतको उपस्थिती रहेको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend