२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको तरकारी तथा फलफूलको बजार मूल्य, महँगियो गोलभेडा, काउली, करेलादेखि सागसम्म


सञ्चार डबली
  • आइतबार, असार २३ २०८१
  • 12.9K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको बजार मूल्य, महँगियो गोलभेडा, काउली, करेलादेखि सागसम्म


    काठमाडौं । देशभर अविरल बर्षापछि काठमाडौँमा अधिकांश तरकारीको मूल्य आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार शनिबारको तुलनामा आइतबार अधिकांश तरकारीको भाउ बढेको हो । 

    शनिबार प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा रहेको ठुलो गोलभेडा (नेपाली)लाई आज ९५ रुपैयाँ पर्नेछ भने लोकल साना गोलभेडाको मूल्य ५५ रुपैयाँ पुगेको छ । यता, टनेल गोलभेडाको भाउ प्रतिकेजी ५१ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ । 

    यसैगरी, स्थानीय काउलीको मूल्य प्रतिकेजी ६५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ र लोकल बन्दा २४ रुपैयाँबाट ४५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकेजी ५६ रुपैयाँ पर्ने तितो करेलाको भाउ बढेर आज ९५ रुपैयाँ र स्कूस ५८ रुपैयाँ ३३ पैसा रहेकोमा आज  ७५ रुपैयाँ कायम भएको छ । 

    रायोको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा पर्नेमा आज बढेर ९५ रुपैयाँ पुगेको छ भने तोरीको साग ४५ रुपैयाँबाट बढेर ६६ रुपैयाँ ६७ पैसा र ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसाबाट बढेर २७५ रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend