२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 वित्तीय पहुँच बढाउने प्रयासमा छौं : गर्भनर अधिकारी


सञ्चार डबली
  • शनिबार, असार २२ २०८१
  • 6.8K
    SHARES

  • images
     वित्तीय पहुँच बढाउने प्रयासमा छौं : गर्भनर अधिकारी


    काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय पहुँचलाई बढवा दिनका लागि आवश्यक पहलकदमी लिइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले वित्तीय पहुँचलाई बढवा दिने कुरालाई एजेण्डाका रुपमा अगाडि बढाउन खोजिरहेको बताए । 

    उनले भने,‘नेपाल राष्ट्र बैंकहरुको महत्वपूर्ण उद्देश्य र प्राथमिकतामा परेका विषयहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बोक्न सकेको छ । हामी वित्तीय साक्षरतालाई प्रवद्र्धन गर्न चाहन्छौ । वित्तीय पहुँचलाई बढवा दिन खोजिरहेको छौं ।’

    उनले पहिला भन्दा अहिले कृषि पेसालाई हेर्ने नजरमा धेरै नै सकारात्मक परिवर्तन आएको बताए । पहिले कृषि पेसामा छु भन्दा गिज्याउने प्रवृत्ति रहेको भएता पनि अहिले आधुनिक कृषिमा संलग्न छु भन्दा छुट्टै खालको सम्मान प्राप्त गर्न सक्ने अवस्था बनेको उनको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend