२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सर्वोच्चको थप लम्बिने आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया 


सञ्चार डबली
  • शनिबार, असार २२ २०८१
  • 7.1K
    SHARES

  • images
    सर्वोच्चको थप लम्बिने आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया 


    काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने भएको छ । हिजो न्यायाधीहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले मुद्दाको फैसला नभएसम्मका लागि यसअघिको अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनाएपछि नियुक्ति प्रक्रिया लम्बिने भएको हो ।

    यसअघि असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दोस्रो सुनुवाइ नभएसम्मका लागि भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । हिजोको अर्को आदेशपछि यसअघि भएको खारेज प्रक्रिया बदर गरेर पुरानै प्रक्रियालाई निरन्तरता दिँदै अघि बढाउनुपर्ने भएको छ ।

    अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, व्यवसायी सन्तोषनारायण श्रेष्ठ र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँलाई सर्ट लिस्टमा छानेको थियो ।

    यसमा समितिले दुई पटक अन्तर्वार्ता गर्दा मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । धितोपत्र ऐनअनुसार सिफारिस समितिले कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएपछि अर्थ मन्त्रालयले प्रक्रिया नै खारेज गरेर नयाँ समिति गठन गरेपछि आकाङ्क्षीमध्ये सन्तोषनारायण श्रेष्ठले पुरानै प्रक्रियाअनुसार सिफारिस हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । पुँजी बजारको एक मात्र नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष ६ महिनादेखि रिक्त छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend