२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

टिकटकलाई खुला छाडेको भन्दै वर्ल्डलिंकमाथि प्राधिकरणद्वारा कारबाही


सञ्चार डबली
  • शुक्रबार, असार २१ २०८१
  • 8.7K
    SHARES

  • images
    टिकटकलाई खुला छाडेको भन्दै वर्ल्डलिंकमाथि प्राधिकरणद्वारा कारबाही


    काठमाडौं । नेपालमा प्रतिबन्धित टिकटकलाई खुला छाडेको भन्दै इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमाथि कारबाही भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय र निर्देशन विपरीत कम्पनीले प्रतिबन्ध नगरेको भन्दै कारबाही गरेको छ। सरकारले २०८० को कात्तिक २७ गते नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

    सरकारको निर्णय लगत्तै दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐनको प्रयोग गर्दै टिकटकको प्रसारण रोक्न सेवाप्रदायकलाई निर्देशन दिएको थियो। प्राधिकरणको उक्त निर्देशनका बाबजुद पनि केही कम्पनीले खुला छाडेको भन्दै पटकपटक सचेत गराएको थियो। 

    चेतावनीका बाबजुद पनि टिकटक निर्वाध चलेको पाइएको भन्दै २०८० को फागुनमा वर्ल्डलिंकलाई प्राधिकरणले स्पष्टीकरण सोधेको थियो। प्राधिकरणलाई दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय गरेको थियो। 

    प्राधिकरणले वर्ल्डलिंकलाई कारबाही स्वरुप ५० हजार जरिवाना पनि तिराएको थियो। प्राधिकरणले जरिवाना तिराउँदै फेरि निर्देशन अवज्ञा भएमा जरिवाना रकम बढ्ने र कारबाहीको स्वरुप कडा पार्ने चेतावनी दिएको थियो। 

    वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो। देशको धेरै जनघनत्व हुने अधिकांश ठाउँमा सञ्जाल विस्तार भएको यो कम्पनीले पछिल्लो समय नियामकीय निर्देशन अवज्ञा गर्दै आएको छ। श्रृखलाबद्ध अवज्ञापति वर्ल्डलिंकमाथि प्राधिकरणले जरिवाना तिराउँदै आएको छ। न्यून जरिवाना भएकाले नियम उलंघनमा गर्दै आएका छन्। 

    यसअघि कम्पनीले नियम तथा निर्देशन विपरीत जथाभावी प्याकेजको मूल्य तोक्ने काम गरेको थियो। मूल्यसँगै अनुमति नलिई बिक्री गरेको तथा नियम विपरीत बन्डलिङ पनि गर्दै आएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend